नियम २६
पशुधन अनुत्पादक भएको प्रमाणपत्र जारी गर्ने
: &पशु सेवा कार्यालयको प्राविधिक वा कोषले तोकेको प्राविधिकले सुरक्षणकर्ताबाट नियम २४ बमोजिम सुरक्षित पशुधन अनुत्पादक भएको लिखित जानकारी प्राप्त गरेपछि सो मितिले दुई महिनासम्म उक्त पशुधनलाई आफ्नो निगरानीमा राख्नु पर्नेछ । त्यसरी निगरानीमा राख्दा त्यस्तो पशुधन अनुत्पादक भएको ठहरिएमा अनुसूची-७ बमोजिमको ढाँचामा पशुधन अनुत्पादक प्रमाणपत्र जारी गर्नु पर्नेछ ।